top of page

प्रथम गोर्खा भि सि बिजेता हवल्दार कुलबिर थापा मगर को शालिक निर्माण​


पुन मगर समाज यु के बाट £१६१९.०० (सोरसय,एकानोब्बे पाउण्ड) प्रथम गोर्खा भि सि बिजेता हवल्दार कुलबिर थापा मगर को शालिक निर्माण को निम्ती जि.एम.पी.प्रोजेक्ट टिम लाई सो रकम निवर्तमान अध्यक्ष तेज राम्जाली मगर,सल्लाहकार मंबिरा पाईजा मगर र सदस्य गम बहादुर गर्बुजा मगर ले चेक हस्तान्तरण गर्नु भयो।

फारन्ब्रोव गत ०६ सेपटेम्वर २०२० को दिन अल्डरसट स्थित प्रिन्चेस गार्डेन को प्रागण मा पुन मगर समाज यु के ले ग्रेटर रशमोर नेपाली कम्युनिटी को बिशेष पहल मा बेलायत को एक सामुहिक ऐतिहासिक प्रोजेक्ट को लागि बिभिन्न नेपाली समूदायहरु द्वारा निर्माणाधिन प्रथम गोर्खा भि सि बिजेता हवल्दार कुलबिर थापा मगर को शालिक निर्माण कार्य मा यसरी ऐक्यबद्धता जनाउदै नेपाली समुदायहरु ले आफ्नो संस्था ले संकलन गरेको रकम चेक हस्तान्तरण गरेका छन। पुन मगर समाज यु के का अध्यक्ष बल बहादुर पुर्जा मगर नेपाल छुट्टी मा भए को हुना ले यस रकम संकलन गर्नु को लागि संयोजक उपाध्यक्ष तुल चन्द्र तिलिजा मगर ज्यु को नेतृत्व मा उठाईनु भएको संकलित रकम समाज का निर्बतवान अध्यक्ष तेज बहादुर रामजाली मगर संस्था का सल्लाहकार मनबिर पाईजा मगर साथै सक्रिय सदस्य गम बहादुर गर्बुजा मगर को सामुहिक उपस्तिथीती मा पुन मगर समाज यु के का आजिवन सदस्यहरु बाट उठाईए को संकलित रकम को चेक जि आर एन सि (ग्रेटर रशमोर नेपाली कम्युनिटी ) का अध्यक्ष राम धन राई साथै जि.एम.पी. प्रोजेक्ट प्रमुख संयोजक मेजर खिम गौचन र संयूक्त रुपमा यस प्रोजेक्ट का जि आर एन सी सल्लाहाकार प्रोजेक्ट सहसंयोजक सेर सुनार,कोषाध्यक्ष टोप पल्ली मगर,सहकोषाध्यक्ष क्याटेन रिटायेर्ड ताम ढेगा मगर ,साथै प्रव्कता तथा जि आर एन सी पुर्वअध्यक्ष ओम थापा काउंचा मागगर लगायत सदस्य प्रेम गाहा मगर को सहभागिता मा दिउँसो को १५.३० बजे पुन मगर समाज यु के का सदस्यहरु देखि उठेको सो रकम चेक प्रोजेक्ट का कार्यसमितिहरु लाई हस्तान्तरण गर्नु भएको थियो।

यस कार्यक्रम मा बिषेस धन्यबाद मन्तब्य ग्रेटर रशमोर नेपाली कम्युनिटि का अध्यक्ष राम धन राई ले दिनु भएको थिय। भने प्रोजेक्ट का प्रमुख संयोजक मेजर रिटायर्ड खिम गौचन ले यस प्रोजेक्ट को आज सम्म को प्रगती बिवरण साथै आउँदो यस प्रोजेक्ट सम्पन गर्ने प्रोग्राम सेयाजुल को बारेमा साथै तपाई हामीहरु सबै को यो प्रोजेक्ट भएको हुँदा हजुरहरु को सल्लाहा,सुजाव र सहयोग को ठुलो अपेक्षा राख्दछौ भन्नु भयो । त्यस लगतै पुन मगर समाज यु के का निबर्तमान अध्यक्ष तेज रामजाली मगर ज्यु ले धन्यवाद तथा शुभकामना मन्तब्य दिदै भन्नु भयो कि यस ऐतिहासिक प्रोजेक्ट मा सहभागी हुने अवसर दिनु भएको मा यस प्रोजेक्ट को प्रमुख संयोजक साथै कार्यसमितिका सम्पूर्ण साथिहरु लाई म लगायत पुन मगर समाज यु के को अध्यक्ष बल पुर्जा,उपाध्यक्ष तुलचन्द्र तिलिजा,सल्लाहकारहरु,कार्यसमिति का साथीहरु लगायत सम्पूर्ण आजिवन सदस्यहरु को तर्फ देखि यहाँहरु ले उदारणिय काम को शुरुवात गर्नु भए को मा मुरुमुरी धन्यबाद दिदै यस प्रोजेक्ट भब्यता को साथ समय सिमाना भित्र नै यस प्रोजेक्ट का कार्यसमितिहरु ले बनाएको योजना अनुसार प्रोजेक्ट भब्य र सब्भय तरिका ले सम्पन्न होस भन्दै सफलता को शुभकामना दिदै हाम्रो यस संस्था मा पनी भिक्ट्रोरिया क्रश बिजेता स्वर्गिय तुल बहादुर पुन मगर को दरसन्तान भएको हुँदा हामिहरु ले पनी केही गर्नु पर्छ भनेर यस सानो रकम बुझाउनु सफल भएका छौ भन्नु भयो। यस बेलायत को तमाम गोर्खा नेपाली कम्युनिटिहरु लाई एउटै आगन मा राखेर सबै समुदाया हरुलाई ऐक्यबद्ध बनाउन सफल भएको हामि पुन मगरहरु ले महशुस गरेको छौ भन्नु भयो।

यस्तो पाण्डामिक समय मा पनि यस ऐतिहासिक कार्य मा खटिनु हुने सम्पूर्ण टिम लाई बिषेस धन्यबाद दिदै सबै समाजका उपस्थित सदस्यहरु लाई बिशेष धन्यबाद दिनु भयो। यस पाण्डामिक कोरोना भाईरस संक्रमण मा अपनाईनु पर्ने सरकार को निति लाई मध्येनजर गर्दै सामाजिक दुरी लाई बिशेष ध्यान दिदै प्रोगराम सम्पनभए को थियो।

“जय पुन मगर समाज यु के”

Comments


Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
bottom of page